नवीन चौधरी – महोत्तरीको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएका डायलासिस मेशिनहरू सञ्चालनमा नआउँदै बिग्रिएको छ ।
करिब दुइ वर्षअघि अत्याधुनिक डायलासिस मेशिन सरकारी बजेटमा खरिद गरी अस्पतालमा ल्याइए पनि अहिलेसम्म एकपटक पनि सञ्चालनमा आएको छैन।

मेशिन जडानका लागि आवश्यक जनशक्ति नहुँदा मेशिन प्रयोगमा आउन नसकेको हो। तर, मर्मत र परीक्षण नगरी लामो समयसम्म थन्किँदा मेशिनमा प्राविधिक समस्या देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिकास साहको भनाइ छ ।

मधेस प्रदेस सरकार र अस्पताल प्रशासनको लापरबाहीका कारण लाखौं मूल्यका उपकरण प्रयोग नहुदै बिग्रेकाका कारण यस्ता लापरबाही गर्नेहरुलाई कार्बाहीको मांग स्थानीयहरुले गरेका छ्न ।
अस्पताल प्रशासनले जनशक्ति अभाव र मेशिन बिग्रेको कारण सेवा डायलाशिस सेवा सुरु गर्न नसकेको बताएको छ।
जलेश्वर प्रादेशिक अस्पतालको डायलासिस सेवा सञ्चालनमा नआएका कारण मिर्गौला रोगीहरू जनकपुर वा भारत का निजि अस्पताल धाउन बाध्य छन्।
स्थानीयले भने तत्काल मेशिन मर्मत गरी सेवा सञ्चालन गर्न प्रदेश सरकारसँग माग गरेका छन्।