महोतरी –  गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको पाहिलो दिनको खेलमा आयोजनक सामुदायिक विकास युवाक्लब, टुटेश्वर र जमुनिया विजयी भएको छ ।


हिन्दुहरुको महान चाड दिपावली र छठ पर्वको अवसरमा सामुदायिक विकास युवा क्लब कान्तिबजार परडियाले शुक्रबार देखि बाके खोला स्थित फुटबल मैदानमा आयोजना गरेको फुटबल टुर्नामेन्टको पहिलो खेलमा रानाटोललाई स्कुलटोल टुटेश्वरले पेनाल्टी सुटआउटमा पराजित गरेको छ । दुबै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा टुटेश्वर विजयी भएको हो ।


शुक्रबार नै भएको दोश्रो खेलमा निगौल फुटबल क्लबलाई आयोजक सामुदायिक विकास युवा क्लबले ०–३ गोल अन्तरले पराजित गरेको छ । सामुदायिक विकास युवा क्लबको तर्फबाट राहुल तमाङ्गले २ र सुदिप तमाङ्गले १ गोल गरेका थिए । खेल अवधि भरी नै सामुदायिक विकास युवा क्लबको खेलाडी हावि भएपछि निगौल प्रतिरक्षामा उत्रेका थिए ।


तेश्रो खेलमा सर्लाहीको बगेवालाई जमुनियाले ०–१ गोल अन्तरले पराजित गरेको छ । दुबै टिम बीच कडा प्रतिस्पर्धा भएपनि जमुनियाको तर्फबाट जर्सी नम्बर ५ का खेलाडी रबि थारुले गोल गर्न सफल भएका थिए । शुक्ररबार नै भएको चौथो खेल सामुदायिक विकासश युवा क्लब बी र लालीगुराश युवा क्लब श्रीनगरको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।


टुर्नामेन्टका बिजयी टिमले नगद १० हजार १ सय र उपविजेतालाई नगद ५ हजार १ सय रुपैया, कप र मेडल प्रदान गरिने सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोष सिंहले बताए ।