नवीन चौधरी , महोत्तरी — महोत्तरीको मनराशिस्वा नगरपालिका क्षेत्रका विभिन्न वडामा पानीको अभाव झेलिरहेका घरपरिवारका लागि पालिकाले घर घरमा स्वच्छ पानी पुर्याउन थालेका छ्न ।

मनरा शिस्वा नगरपालिकामा प्रत्येक वडामा पानी ट्यांकीमार्फत घर-घरमा स्वच्छ खानेपानी वितरण कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ।
यश बर्ष औसत भन्दा अहिले सम्म निकै कम वर्षा भएको र पालिका भित्रका चपाकल र इनारहरु सुक्न थालेपछी पानीको अभाव हुन नदिने उद्देश्यले यो अभियान संचालन गरिएको नगर प्रमुख मोहन पाण्डेयले बताउनुभयो ।

खानेपानी जस्तो आधारभूत सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले पालिकाबासी लाई पानीको अभावबाट राहत पुगेको छ ।
नगरपालिकाका अनुसार कार्यक्रम अन्तर्गत प्रत्येक वडामा डिप ट्युबवेल र पानी ट्यांकीको माध्यमबाट नियमित र स्वच्छ खानेपानी आपूर्ति गरिनेछ। यसअघि नै नगरपालिकाले ३३ स्थानमा डिप ट्युबवेल जडान गरिसकेको र अहिले तीव्र गतिमा टोलटोलमा धारा जडानको काम अघि बढाइएको पालिकाले जनाएको छ ।
“सफा पानी, हरेक घरको अधिकार” भन्ने नारालाई व्यवहारमा उतार्ने लक्ष्यसहित अघि बढाइएको यो योजनाले नगरबासीलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।
नगर प्रमुख पाण्डेयले भने, “जनताको आधारभूत आवश्यकता पूरा गर्नु हाम्रो प्राथमिकता हो। खानेपानी अभावको समस्या अब विगतको कुरा हुनेछ।” यो अभियान शुरु भएसंगै पालिकाबासी खुसी भएका छ्न ।