महोत्तरी गाउँपालिका पुर्ण खोप घोषणा


नवीन चौधरी – महोत्तरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। गाउपालिकाका अध्यक्ष दिलिप पान्डेको अध्यक्षतामा पालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरेका हुन्।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पालिकालाइ पुर्ण खोप घोषणा गरेको हो।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउपालिका घोषणा गरिएको पालिका का अध्यक्ष दिलिप पान्डेले बताए।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर पुर्ण खोप घोषणा गरिएको छ । सबै सर्तहरू पूरा गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता गाउपालिका घोषणा गरिएको हो।
स्वास्थ्यकर्मीहरुले उत्साह र उमंगका साथ काम गरेकाले पूर्ण खोप बनाउन सकिएको र यसले निरन्तरता पाउनु ठुलो विषय भएकाले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको पालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रबिण झाले बताए।
सो अवसरमा पालिकाका स्वास्थ्य संयोजक इन्द्र प्रसाद यादवले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

