महोत्तरी – महोत्तरीको मनरा शिस्वा नगरपालिकाले नगरभित्रका विद्यार्थीलाई ७ दिने विद्यार्थी संस्कार शिविर प्रदान गरेको छ ।
मनरा शिसवा नगरपालिकाका विद्यालयका कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत एक सय छात्रछात्रालाई ७ दिने संस्कार शिविर प्रदान गरेको हो ।
गत असार  १० देखि सुरु भएको शिविर आज समापन गरिएको छ । विद्यार्थीलाई योग गुरु र वैद्यहरुको साथमा व्यवहार परिवर्तन, संस्कार प्रवद्र्धन तालिम तथा योगाभ्यास गराइएको नगरपालिकाका नगरप्रमुख मोहन पान्डेले बताउनुभयो ।
संस्कार शिविरमा सहभागी छात्रछात्राले शिविर समापनपछि अरु सामान्य बालबालिकाभन्दा फरक ढङ्गले बोल्ने, पढ्ने, उठबस गर्ने, आदर, सम्मान र उचित शब्दको प्रयोग गर्नेलगायतका शिक्षाबाट शिक्षित भएको नगर प्रमुख पाण्डेको भनाइ छ ।
संस्कार शिविरको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले पालिकाले प्रत्येक वर्ष विभिन्न विद्यालयमा यस्तो शिविर सञ्चालन गरिरहेको र पालिकालाई कुलत र दुव्र्यसनबाट मुक्त बनाइ सभ्य समाज निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए ।
यसअघि पनि पालिकाले विभिन्न वडाका विद्यार्थीहरुका लागि संस्कार शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट उनीहरुको जीवन तथा समाजमा समेत सकारात्मक प्रभाव परेको नगर प्रमुख पाण्डेको भनाइ छ ।