नविन चौधरी – महोत्तरीको बर्दिवास नगरपालिकाले १ अर्ब २२ करोड ४० लाख १० हजारको बजेट ल्याएको छ । बर्दिवास नगरपालिकालाइ शैक्षिक हबको रुपमा बिकास गर्ने योजनालाइ प्राथमिकतामा राखेर आर्थिक वर्ष ०८२÷०८३ को बजेट ल्याएको छ ।
बर्दिवास नगरपालिकाको १६ औं बजेट, नीति तथा कार्यक्रममा नगरपालिकाका नगरप्रमुख प्रहलाद कुमार क्षेत्रिले बजेट सार्वजनिक गरेको छ ।
नगरप्रमुख क्षेत्रिले प्रस्तुत गरेको नीति कार्यक्रममा पालिकालाइ शैक्षिक हब बनाउनका लागि बिधालयको भवन निर्माण , खेल मैदान , बिधालयमा सिसिटिभि , बिधालयमा सुचना प्रबिधीको बिकास गर्ने , उत्कृष्ट बिधालय , शिक्षक , बिद्यार्थी , कर्मचारी तथा शिक्षा र खेलखुदमा सर्बोत्कृस्ट नतिजा हासिल गर्ने बिद्यार्थीहरुलाई प्रोत्साहित गर्ने , नगरपालिकाले निजि स्रोतबाट न्युनतम दरबन्दी पूरा गरि नगर शिक्षक तथा दरबन्दी मिलान गर्ने , प्रतेक वाडामा न्युनतम एक खेलमैदान निर्माण गर्ने नितिलाई निरन्तरता दिने , पालिकाबासीका लागि घरमै स्वास्थ्य सेवा दिने उद्देश्यले घरदैलो नर्स कार्यक्रम र स्वास्थ्य शिबिर कार्यक्रमलाई निरन्तरता दिने , नगरपालिका भित्रका गरिब बिपन्न र दलित परिवारको लागि निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने , नगरलाई बालमैत्री नगर बनाउने , ज्येस्ठ नागरिक सम्मानका लागि पालिकामा ज्येस्ठ नागरिक संजाल निर्माण गर्ने , पालिका भित्र देखिएको जग्गा वर्गीकरणको समस्यालाई नापी बिभागको सहयोग र समन्वयमा समाधान गर्ने , पालिका भित्रका केही वाडालाई कृषि पकेट क्षेत्र घोषणा गरि पकेट क्षेत्र विशेष कार्यक्रम संचालन गर्ने खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि कृषी बाटो , खेतहरुमा विद्युतिकरण गर्ने, किसानहरुलाई मल खाद तथा विउ विजन सहज उपल्बध गराउँने , पालिकालाई लागुऔषध मुक्त बनाउँन जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने लगायतका योजनाहरु ल्याएको छ ।
समाजमा कुरिति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेतविखन तथा ओसारपसार र लागुपदार्थविरुद्ध सचेतनामूलक कार्यक्रम अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ।