मनरा शिस्वा नगरपालिकाले ल्यायो ५६ करोड ७४ लाख ८१ हजार ६ सय ३४ रुपैयाको बजेट


नबिन चौधरी – महोत्तरी को मनरा शिस्वा नगरपालिकाले ५६ करोड ७४ लाख ८१ हजार ६ सय चौतिस रुपैयाको बजेट ल्याएको छ ।
महोत्तरीको मनरा शिस्वा नगरपालिकाले पालिका भित्रका किसानहरुलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०८२÷०८३ को बजेट ल्याएको छ ।
मनरा शिस्वा नगरपालिकाको १४ औं बजेट, नीति तथा कार्यक्रममा नगरपालिकाका नगरप्रमुख मोहन पान्डेले आर्थिक वर्ष ०८२÷८३ का लागि ५६ करोड ७४ लाख ८१ हजार ६ सय ३४ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
नगरप्रमुख पाण्डेले प्रस्तुत गरेको नीति कार्यक्रममा पालिकालाइ खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि कृषी बाटो , खेतहरुमा विद्युतिकरण गर्ने, किसानहरुको खेतको माटो जाँच शिविर तथा माटो परिक्षण ल्याव सँचालन गर्ने, एक वडा एक उत्पादन कार्यक्रम लागु गर्ने, किसानहरुलाई मल खाद तथा विउ विजन सहज उपल्बध गराउँने , उखु किसानहरुलाई पालिकाबाट अनुदान दिने,पालिका भित्रका किसानहरुलाई धान,गहुँको विउ अनुदानमा उपल्बध गराउँने, पालिका भित्रका एउटा विद्यालयमा नमुना खेलकुद मैदान निर्माण गर्ने, पालिकालाई लागुऔषध मुक्त बनाउँने कार्यलाई निरन्तरता दिने, कृषिलाई स्थानीय आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा विकास गरिने नीति लिएको छ ।
पशुपालन तथा कृषि कार्यका लागि दीर्घकालीन योजना तयार गरि कृषि सडक ,कृषि विद्युतिकरण तथा स्थानीय स्तरमा सिचाइ प्रणालीको निर्माण गरिने नगरप्रमुख मोहन पान्डेले बताउनुभयो ।
समाजमा कुरिति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेतविखन तथा ओसारपसार र लागुपदार्थविरुद्ध सचेतनामूलक कार्यक्रम अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

