महोत्तरी गाउँपालिकाले ल्यायो ४३ करोड ९४ लाखको बजेट


नबिन चौधरी , महोत्तरी
महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि ४३ करोड ९४ लाख ७३ हजार ६ सय २४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महोत्तरी गाउँपालिकाको १३ औं बजेट, नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष दिलीप कुमार पाण्डेले आर्थिक वर्ष ०८२/८३ का लागि ४३ करोड ९४ लाख ७३ हजार ६ सय २४ रुपैया को बजेट सार्वजनिक गरेको हो ।
संघीय सरकारबाट २६ करोड १० लाख, प्रदेश सरकारबाट १ करोड ९६ लाख८ हजार अनुदान र संघीय सरकारबाट रावश्व बाँडफाँड तर्फ ८ करोड ३९ लाख ४९ हजार १ सय ८४ रुपैया र प्रदेश सरकारको राजश्व बाँडफाँटबाट ४९ लाख १६ हजार ४ सय ४० रुपैया तथा आन्तरिक स्रोत अल्यासहित ७ करोड अधिनमा रहेर बजेट ल्याइएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।
अध्यक्ष पाण्डेले प्रस्तुत गरेको नीति कार्यक्रममा पालिकालाइ खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि सहकारी समूह तथा सार्बजनिक मोडेलको कृषि फर्मको स्थापना गर्न प्रोत्साहित गर्ने , गाउपालिकाको १५ शैया अस्पताल निर्माण कार्य अगाडि बढाउने , पालिकाको सबै वाडाहरुमा खुल्ला जिम पार्क स्थापना गर्ने , वाडाहरुको मुख्य चौकमा फ्री वाइफाइ जोन निर्माण गर्ने , रेडक्रस अनैठा शाखामा फ्री व्लड जोनका रूपमा संचालन गर्ने , अपांगतालाइ सम्बोधन हुनेगरी विशेष बजेट को व्यवस्थापन गरिएको छ । कृषिलाई स्थानीय आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा विकास गरिने नीति लिएको छ । एक घर एक विद्युतिय चुल्हा वायोग्यास कार्यक्रमलाई निरन्तरता दिइ करिब ६ हजार घर परिवारलाई चुल्हो बितरण गर्ने , पालिकाको गौरव को आयोजना को रूपमा गा. पा. को केन्द्र देखि सबै वाडा हुदै सदरमुकाम जलेश्वर सम्मको बाटो ५ कि.मि. कालोपत्रे गर्ने , पशुपालन तथा कृषि कार्यका लागि दीर्घकालीन योजना तयार गरि कृषि सडक ,कृषि विद्युतिकरण तथा स्थानीय स्तरमा सिचाइ प्रणालीको निर्माण गरिने पालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रबिण कुमार झाले बताउनुभयो ।
समाजमा कुरिति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेतविखन तथा ओसारपसार र लागुपदार्थविरुद्ध सचेतनामूलक कार्यक्रमलाई ‘हाम्रो समाज: राम्रो समाज’ अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

