शिक्षामा उत्कृष्ट कार्यका लागि महोत्तरी गाउँपालिकालाई पानद्वारा ‘उत्कृष्ट पालिका पुरस्कार


नवीन चौधरी ,महोत्तरी — शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय कार्य गरेबापत महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान)ले यस वर्षको उत्कृष्ट पालिका पुरस्कार बाट पुरस्कृत र सम्मानित गरेको छ।
तराई–मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचित अध्यक्ष पाण्डेयले शिक्षा क्षेत्रमा नेतृत्व, पहल, र परिणाममुखी योगदान गरेको भन्दै पानले प्रदान गर्ने देशव्यापी सम्मानमा यसपालि महोत्तरी गाउँपालिकाको छनोट गरेको हो।
२५ वटा शैक्षिक मापदण्डको आधारमा गरिने मूल्याङ्कनका क्रममा प्रा.डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्याङ्कन समितिले महोत्तरी गाउँपालिकाको कार्यक्षमता उच्च रहेको ठहर गरेको हो।
पुरस्कार प्रदान कार्यक्रम पानको दोस्रो राष्ट्रिय सम्मेलनअन्तर्गत शुक्रबार पोखरामा आयोजित थियो।
अध्यक्ष दिलिप पाण्डेयले भने, “यो सम्मान सम्पूर्ण महोत्तरीबासीका लागि हो। हामीले जनताको आवश्यकता बुझेर योजना बनाएका हौं, शिक्षा हाम्रो प्राथमिकता हो।”
स्थानीय नागरिक समाजका अनुसार, “विद्यालयमा शिक्षक उपस्थितिदेखि गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न पालिकाले उल्लेखनीय प्रयास गर्दै आएको छ, जुन देशकै लागि उदाहरणीय बन्न सक्छ।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

