महोत्तरीमा विपद् व्यवस्थापन तालिम सुरु, पाँच पालिकाबाट २६ जनाको सहभागिता


महोत्तरीमा बर्सेनि बाढि , डुबान र विभिन्न बिपदबाट ठूलोजन्धन को क्षती भइरहेको छ । बिपद आइ परेको बेला त्यस बाट बच्न र क्षती कम गर्ने उदेश्यले सशस्त्र प्रहरी बल महोत्तरीले विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि आजदेखि तालिम सुरु गरेको छ।
विपद्बाट सुरक्षासहितको उद्धार र तत्काल राहत सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम असार ६ गतेसम्म चल्ने सशस्त्र प्रहरी उपरीक्षक पुरण चन्द्र भटले जानकारी दिनुभयो।
तालिममा जिल्लाका पाँच स्थानीय तह — जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, महोत्तरी गाउँपालिका, एकडारा गाउँपालिका र मनरा सिस्वा नगरपालिकाबाट २६ जनाको सहभागिता रहेको छ।
सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भटले तालिमको उद्देश्य बाढी, भूकम्प, आगलागी, डुबानजस्ता प्राकृतिक विपद् आइपर्दा स्थानीयस्तरमै उद्धार गर्न सक्ने दक्ष जनशक्ति तयार पार्नु रहेको जानकारी दिनुभयो।
तालिम अवधिभर सहभागीहरूलाई विपद् पूर्व तयारी, उद्धार प्रविधि, प्राथमिक उपचार, जोखिम मूल्यांकन, तथा सम्बन्धित निकायबीचको समन्वय लगायतका विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक प्रशिक्षण दिइनेछ।
सशस्त्र प्रहरीले जिल्लामा विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि स्थानीय तहहरूसँग सहकार्य गर्दै आगामी दिनमा थप पालिकाहरूलाई समेत लक्षित गर्दै यस्ता तालिम विस्तार गर्ने योजना रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

