महोत्तरी — जलेश्वर बजारमा ट्राफिक व्यवस्थापन कमजोर हुँदै गएको छ। नगरका विभिन्न स्थानमा ‘नो पार्किङ’ बोर्ड राखिएको देखिए पनि त्यसको पालना भएको देखिदैन।

तस्बिरमा देखिएअनुसार ‘नो पार्किङ’ लेखिएको स्थानमै मोटरसाइकल र साइकलहरु जथाभावी रूपमा पार्क गरिएको छ। यस्तो अवस्थाले ट्राफिक अवरोध मात्र नभई पैदल यात्रीहरूलाई समेत सास्ती हुने गरेको छ।

स्थानीयवासीका अनुसार ट्राफिक प्रहरीको नियमित निगरानीको अभाव, जनचेतनाको कमी र सम्बन्धित निकायको लापरवाहीका कारण यस्तो समस्या जरो गाडेर बसेको छ।

‘हामीलाई कतै पार्किङ गर्न सहज छैन, अनि बोर्ड देखेर मात्र कहाँ राख्नु भन्ने?’ एक मोटरसाइकल चालकको गुनासो थियो। तर अर्कातर्फ, ट्राफिक नियमको उल्लङ्घनले सडक दुर्घटनाको जोखिमसमेत बढाउने खतरा रहेको स्थानीय अधिकारकर्मीहरू बताउँछन्।

यस समस्याको समाधानका लागि जनचेतनामूलक कार्यक्रम, नियमित निगरानी र ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग आवश्यक देखिएको छ।