अनौपचारीक श्रमिक सुरक्षा कोषमा जोडिदै


महोतरी–मधेश प्रदेशका जिल्लाहरुमा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समाजिक सुरक्षा कोषमा अबद्ध गर्न बागमति सेवा समाजले अभियान थालेको छ । वैदेशिक रोजगारीबाट फर्केका, व्यपारी र अन्य काम गर्नेहरुलाई समाजिक सुरक्षा कोष बारे जानकारी गराउदै कोषमा आबद्ध हुदा पाउन सक्ने सुविधाको जानकारी गाराउने अभियान थालिएको बागमति सेवा समाजका कार्यक्रम निर्देशक रामकृष्ण रायले बताए ।
आम्दनीको ३१ प्रतिशत रकम समाजिक सुरक्षा कोषमा जम्मा गरी तीन वर्ष शिक्षा तथा घर कर्जा र ७ लाख सम्मको निशुल्क उपचार गराउन पाउने व्यवस्था बारे जानकारी गराउदा अनौपचारिक क्षेत्रका श्रमिकहरु कोषमा आबद्ध हुन उत्साहित बनेको रायले बताए । आइतबार महोतरीको पिपरा र धनुषाको लक्ष्मिनिया गाउपालिमा समाजीक सुरक्षा कोष जनकपुर र बागमती सेवा समाजको संयुत पहलमा एक दिने अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समाजिक सुरक्षा कोष बारे अभिमुखिकरण तथा अबद्धता कार्यक्रममा सहभागिहरुले कोषमा जोडिन थालिएको निर्देशक रायले बताए ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई राखेर अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कोषमा आबद्ध गराउन पैरबि सुरु गरिएको समाजिक सुरक्षा कोष जनकपुरका प्रमुख कैलाश कुमार यादवले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

