महोत्तरी गाउँपालिकामा गाउँ ब्लक जग्गाको लालपुर्जा बितरण


महोत्तरी – महोत्तरी को महोत्तरी गाउँपालिकामा गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।
नापी कार्यालय महोत्तरी जलेश्वरको आयोजनामा महोत्तरी गाउपालिका वड़ा नं. १ र २ स्थानियहरुलाई गाउँपालिकाको कार्यालयमा आयोजित गाउँ ब्लक जग्गाको लाल पुर्जा वितरण कार्यक्रममा वड़ा नं.१ का २४९ जना र वडा नं. २ को १४८ जना जग्गा धनीहरुलाई महोत्तरी गाउँपालिका का प्रमुख दिलिप पान्डेले लाल पुर्जा वितरण गरेका छन् ।
जग्गा धनीहरु बि.सं. २०६९ साल देखि जग्गाको लाल पुर्जाको लागि प्रक्रियामा लागेका थिए ।
त्यसै क्रममा महोत्तरी गाउपालिका वड़ा नं. १ र २ का स्थानीयहरुले उक्त जग्गाको लाल पुर्जा पाए पछि खुशी ब्यक्त गरेका छन् ।
त्यसैगरी वड़ा नं.१ र २ का बाकी जग्गा धनीहरुलाई गाउँ ब्लक जग्गाको लाल पुर्जा अर्को चरणमा वितरण गरिने नापी कार्यालय महोत्तरीको प्रमुख राम विनय सिंहले बताएका हुन् ।
नापी कार्यालय महोत्तरीको प्रमुख राम विनय सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महोत्तरी गाउँपालिका का प्रमुख प्रसाशकिय अधिकृत प्रबिण कुमार झा , वड़ा नं. १ र २ को वड़ा अध्यक्ष लगायत नापी कार्यालयका कर्मचारीहरूको उपस्थिति रहको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

