नबिन चौधरी – महोत्तरीमा ६ वार्षिय बालिकालाई अपहरण र जबरजस्ती करणी घटनाका अभियुक्त लाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले ५ बर्ष पछि पक्राउ गरेको छ ।

महोत्तरी जिल्लामा घटेको एक गम्भीर आपराधिक घटनामा संलग्न दुइ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

अपहरण, शरीर बन्धक ,जबरजस्ती करणी र हत्या जस्तो अपराधमा संलग्न रहि करिब ५ बर्ष देखि फरार रहेको उनीहरूलाई जलेश्वर नगरपालिका १२ नैन्ही बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
२०७७ मंसिर ७ गते दिउँसो करिब ४:३० बजे बर्दिबास नगरपालिका–१५ स्थित ६ वार्षिय बालिका गुलावसा खातुन घरबाट पसल तिर चकलेट किन्न जादा बाटो बाट अपहरण गरेर बलात्कार गरि बालिकालाइ हत्या गरिएको थियो ।

उक्त घटनामा संलग्न रहि फरार भएर भारततिर बस्दै आएका गौशाला नगरपालिका ५ घर भइ हाल महोत्तरीको बर्दिवास नगरपालिका १४ शुभम बस्ती टाेलमा बस्ने बर्ष ६० को राज किसोर साह र उनकी श्रीमति बर्ष ५१ को सुशीला देबि साहलाई प्रहरीले पक्राउ गरि आज सार्बजनिक गरेको छ ।

अभियुक्त दुबै जना बालिका को शव लुकाउनमा मुख्य अभियुक्तलाई सहयोग गरेको प्रहरीको भनाइ छ ।