सर्वसाधारणले प्रयोगका लागि ल्याउने समानहरुमा सहजता गरिदिन सांसद झाको आग्रह

महोत्तरी— महोत्तरी क्षेत्र ३ बाट निर्वाचित सांसद उज्जवल झाले सर्वसाधारण जनताले आफ्नो प्रयोगका लागि ल्याउने समानहरुमा व्यवहारिक पक्ष हेरिदिन आग्रह गर्नुभएको छ । जिल्लाको सीमावर्ती क्षेत्र भिठामोड र मटिहानीमा गरिएको स्थलगत अनुगमन तथा स्थानीयसँगको भेटघाटका क्रममा सर्वसाधारणले विभिन्न समस्या तथा गुनासो राखेका छन्। ती समस्या सम्बन्धित निकायसम्म पुर्याउने आश्वासन क्षेत्र नम्बर–३ का सांसद उज्ज्वल झाले दिएका छन्।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सशस्त्र प्रहरी उपरीक्षक शेर बहादुर अधिकारी , रास्ट्रिय
अनुसन्धान महोत्तरीका प्रमुख चन्दन झा , नेपाल प्रहरी का प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्ट लगायत मलिवाडा भिठामोड भन्सारका कर्मचारीहरुको उपस्थिति रहेको थियो । अनुगमनका क्रममा स्थानीय बासिन्दाहरूले सरकारले ल्याएको एक सय रुपैयाँ भन्दा बढी को समान लिदा भन्सार तिर्नुपर्ने नियमका कारण असहज भएको गुनासो गरेका थिए । दैनिक जीवनमा भोग्नुपरेका कठिनाइ समाधान गर्न राज्यले ठोस र प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता रहेको स्थानीयहरुले औँल्याएका छन्।

स्थानीयले विशेषगरी सीमामा अनावश्यक झन्झट, जाँच प्रक्रियामा हुने ढिलाइ, तथा सर्वसाधारणप्रति गरिने व्यवहारमा सुधार आवश्यक रहेको बताएका थिए।
सांसद झाले सर्वसाधारणबाट प्राप्त गुनासो तथा सुझावलाई गम्भीरतापूर्वक लिने बताउँदै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्थानीय जनताको अपेक्षाअनुसार सेवा प्रवाहमा सुधार ल्याउन आफू निरन्तर सक्रिय रहने पनि बताएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





