महोतरी–प्रादेशिक अस्पताल जलेश्वरमा उपचार गराइ रहेका विरामिहरुलाई नेपाल प्रेस युनियन महोतरीले फलफुल बितरण गरेको छ ।

प्रेस युनियनको ३४ औ स्थपना दिवसको अवसरमा प्रादेशिक अस्पताल जलेश्वरमा फलफुल बितरण गरिएको प्रेस युनियन महोतरीका अध्यक्ष सन्तोष कुमार सिंहले बताए ।

स्थापना दिवस सप्ताहव्यपि रुपमा मनाउने क्रममा पहिलो दिन अस्पतालमा भर्ना भई उपचार गराई रहेकाहरुलाई फलफुल बितरण गरिएको अध्यक्ष सिंहले बताए ।

महोतरीका वरिष्ठ पत्रकार एव्म प्रेस स्वतन्त्रता सेनानी रबीन्द्र उप्रेती, बरिष्ठ पत्रकार कमलेश मण्डल र प्रदेशिक अस्पतालका चिकित्सक कृष्ण कुमार पंजियारले संयुक्त रुपमा उपचार गराइरहेका विरामिहरुलाई फलफुल बितरण गरेका थिए ।