काङ्ग्रेस एमाले को मजबुत सरकार पनि जनता को मर्म अनुसार काम गर्न सकेन


नेपाली कांग्रेसका नेता एबम पुर्ब परराष्ट्रमन्त्री एनपी साउदले काङ्ग्रेस एमाले को दुई तिहाइको मजबुत सरकार भएपनि सोचे अनुसार को काम नभएको बताएका छ्न । महोत्तरी को जलेश्वर मा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम को सम्बोधन गर्दै उहाले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको वर्तमान सरकार दुई तिहाइको बलियो सरकार भएपनि जनताले अपेक्षा गरेजस्तो काम गर्न नसकेको आरोप लगाए ।
दुई तिहाइको मजबुत सरकार हुँदा पनि अध्यादेशमार्फत कानुन निर्माणको प्रयास गर्नु लोकतान्त्रिक अभ्यासको अपमान हुने उहाको भनाइ थियो । जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसदमार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्म हुने उहाँले बताउनु भयो । पार्टीभित्रको संगठन सुदृढीकरण, युवा सहभागिता, र सामाजिक न्यायमा आधारित समाजवादतर्फ कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको उनले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

