महोत्तरीको मनरा सिस्वा नगरपालिका–९ बाट ५९ किलो गाँजा बरामद


महोत्तरी – महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका–९ बाट सशस्त्र प्रहरीले ५९ किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल बीओपी बथनाहाको टोलीले सोमबार राति करिब १:३० बजे नियमित गस्तीको क्रममा तस्करहरूले छाडेको अवस्थामा गाँजा फेला पारेको हो।
सशस्त्र प्रहरीको उपस्थितिपछि तस्करहरू गाँजाका पोका छाडेर फरार भएका थिए। बरामद गरिएको गाँजा करिब १० वटा ठूलो प्याकेटमा रहेको छ। सशस्त्र प्रहरी महोत्तरीका प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले कुल तौल ५९ किलो रहेको जानकारी दिएका छन्।
बरामद गाँजा आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी रोक्न गस्ती र निगरानी थप कडा बनाइएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

