महोत्तरी – नेपाली सेनाले महोतरीको सोनमामा छात्रा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । सरस्वती जनता माध्यमिक विद्यालय सोनमा जिरौनालाई  छात्रा शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो ।

मध्य पूर्वी पृतना हैक्वाले जनहित कार्यक्रम कार्यान्वयन योजना अन्र्तगत नं. ९ बाहिनी अड्डा अन्तर्गतको गोरखनाथ गणले सरस्वती जनता माध्यमिक विद्यालयमा ४ कोठे छात्रा शौचालय निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको  छ । गोरखनाथ गणले पट्रोलको दौरान विद्यालय रहेको छात्रा शौचालय जिर्ण तथा अपर्याप्त रहेको यथार्थतालाई मनन् गरी शौचालय निर्माणको लागि पत्राचार गरेर माथिल्लो निकायबाट मध्यनजर गर्दै मध्य पूर्वी पृतना हेक्वाको जनहित कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत १ हजार १८ जना छात्राहरुकालागि सुविधा सम्पन्न शौचालय नेपाली सेनाले निर्माण गरेको छ । विद्यालयमा २ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।

सैनिक नागरिक सम्बन्धलाई सुमधुर तथा थप मजबुद बनाउन नेपाली सेनाले आफूसँग उपलब्ध श्रोत, साधान र बजेटको उच्चतम प्रयोग गरी जिल्लाको आवश्यकताहरुलाई मनन् गर्दै प्राथमिकताको आधारमा जनहित कार्यहरु अन्र्तगत संचालन गर्दै आईरहेको नेपाली सेनाले जनाएको छ । सरस्वती जनता माध्यमिक विद्यालयका प्रधानध्यापक राजकुमार साहले विद्यालयमा भौतिक पुर्वाधारको कमिले पठनपाठनमा समस्या भइरहेको बेला नेपाली सेनाले छात्राहरुकलागि शौचलाय बनाउदा विद्यालयलाई महत्वपुर्ण सहयोग प्राप्त भएको बताए ।

विद्यालयमा रहेको सिमित शौचलायमा पानी र सरसफाइ नहुदा घरमै फर्केर शौचलाय जानु पर्ने समस्या समाधान भएको विद्यार्थीहरुको भनाइ छ । छात्राहरुकलागि छुट्टै शौचालय नभएको र केटीहरुले प्रयोग गर्ने शौचालय व्यवस्थित नभएका कारण  घरमै फर्केर शौचलाय जानुपर्ने बाध्यता अन्तय भएको छात्राहरुको भनाइ छ ।

महोत्तरीमा रहेका कतिपय सामुदायीक विद्यालयहरुमा व्यवस्थीत शौचालय नहुदा विद्यार्थीहरुले समस्या मmेल्दै आइरहेको छ । अनाअवश्यक बजेट खर्च गर्ने स्थानिय सरकारले विद्यालयहरुमा आवश्यक बजेट विनीयोजन गरेर समस्या सामाधानका लागी पहल गर्नुपर्ने देखिन्छ ।