काठमाडौँ, फागुन १७ गते। 

मन्त्री यादव नेपाल सरकारको तर्फबाट भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्ली पुग्नु भएको हो।

उक्त समझदारीपत्र यही फागुन १९ गते सोमबार नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ।

सम्झौताले नेपालमा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवर्द्धन तथा फोहोर व्यवस्थापनमा ठोस सहयोग पुग्ने अपेक्षा गरिएको छ।  गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो। मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनु हुनेछ।