नेपालले बङ्लादेशलाई आज ४० मेगावाट विद्युत निर्यात गर्दै


मीरा श्रेष्ठ, कात्तिक ३०
नेपाल विद्युत प्राधिकरण, बङ्लादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत व्यापार निगमबीच नेपालबाट बङ्लादेशका लागि विद्युत बिक्री गर्न गत असोज १७ गते त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता भएअनुरुप अहिले पौने १ बजे बाट नेपालले बङ्लादेशलाई पहिलो चरण स्वरुप ४० मेगावाट विद्युत निर्यात गर्दैछ ।
विद्युत निर्यातका लागि तीनै देशका ऊर्जा मन्त्रीको भर्चुअल उपस्थितिमा कार्यक्रम उद्घाटन गरि विद्युत पठाईने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । उनका अनुसार आज झण्डै ११ घण्टा विद्युत बिक्री गर्दा करिब लाख ३२ हजार ४ सय रुपैया जसो आम्दानी हुनेछ । यसरी विद्युत बिक्री गर्दा नेपाललाई महिनाको करिब ३३ करोड आम्दानी हुने प्राधिकरणको ठम्याई छ ।
त्रिपक्षीय सम्झौता अनुरुप हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत निर्यात गर्ने भनिएअनुरुप नेपालले यस वर्ष भने आज मात्रै बङ्लादेशलाई विद्युत निर्यात गर्न सक्नेछ । विद्युत निर्यात समय अहिले पौने १ बजेबाट राती १२ सम्म रहनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

