संसद्मा लोसपा अध्यक्ष ठाकुरको प्रश्न ः मधेशी माथी अन्याय कहिले सम्म ?


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशको भएकै कारण मधेशी माथी अन्याय कहिले सम्म हुने हो भनेर प्रश्न गरेका छन । मधेशको भएकै कारण आफूहरूमाथि सधैँ अन्याय भइरहेको भन्दै अध्यक्ष ठाकुरले विरोध जनाएका छन् ।
आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घन्टासम्म जेलमा राखेर दुव्र्यवहार गरिएको बताए । उनले उक्त घटनामा को व्यक्ति दोषी छ भन्ने थाहा भएर पनि सरकार चुप लागेर बसेको आरोप लगाए ।
मधेशी माथी हमेशा अन्याय भइरहेको भन्दै राज्यले निर्दोशहरु लाई फसाउँन जालमmेल गरीरहेको आरोप लगाउँनुभयो । ’हामी जुन पीडा भोगिरहेका छौँ, चाहे थारु होस्, चाहे मधेशी जनजाति होस्, हामीलाई किन निरन्तर अन्याय हुन्छ ?,’ उनले प्रश्न गर्दै भने, ’म संसद्मार्फत् नेपाली समाजलाई अनुरोध गर्दछु, हामीलाई अनावश्यक जेलमा राखिन्छ । पक्राउ गरेर अपहरणको शैलीमा लगेर थुनेर राखिन्छ । त्यहाँ कुनै कारण हुँदैन । केही छैन । एउटा व्यक्तिको गलत चिठीको आधारमा पक्राउ गरेर लगेर ५ घन्टासम्म जेलमा किन राखियो ? यो हामीमाथि किन भइरहेको छ ?’
उनले राज्यले आफूलाई विजेताकोरुपमा प्रस्तुत गरिरहेको भन्दै विजेता आफैँ कुर्सीमा बसेर न्याय अन्याय छुट्याउन लागिरहेको बताए । ’राज्य हाम्रो कुरा सुन्दैन । कुनै कारण छैन, तर हामीमाथि अन्याय गरिरहन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

