आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि नगर्न जसपा महोत्तरीको अन्तिम चेतावनी

नवीन चौधरी – जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति महोत्तरीले आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध कुनै पनि प्रकारको गतिविधि नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई अन्तिम चेतावनी दिएको छ।
जिल्ला समितिले आज शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभाका उम्मेदवारलाई चुनाव चिन्ह ‘छाता’मा मत दिई विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्ता तथा आम मतदातालाई आग्रह गरिएको छ। पार्टीले आधिकारिक उम्मेदवारविरुद्ध भित्रघातजन्य गतिविधि नगर्न स्पष्ट निर्देशनसमेत दिएको छ।
विज्ञप्तिअनुसार यसअघि २०८२ माघ ११ गते नै पहिलो पटक सचेत गराइएको थियो। तर हालसम्म पनि केही नेता तथा कार्यकर्ता आधिकारिक उम्मेदवारविरुद्ध गतिविधिमा संलग्न रहेको जानकारी प्राप्त भएकाले अन्तिम पटकका लागि चेतावनी जारी गरिएको विज्ञप्ति उल्लेख गरिएको छ।

पार्टी विधान विपरीत गतिविधि दोहोरिएमा सम्बन्धित व्यक्ति वा समूहलाई विधान अनुसार कडा कारबाही गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
जिल्ला अध्यक्ष रामबाबु साह र राम नरेश रायद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टी एकताबद्ध भई निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





