नवीन चौधरी – फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महोत्तरीमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिती को कार्यालयमा एक कार्यक्रम को बिच मुख्य निर्वाचण अधिकृत को कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय महोत्तरी का प्रमुख रंजिता झाले बताइन ।


मुख्य निर्वाचन अधिकृत माधव प्रसाद अधिकारीका अनुसार जिल्ला सदरमुकाम जलेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। साथै, चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय पनि आजै सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो।
निर्वाचन व्यवस्थापनलाई सहज, पारदर्शी र प्रभावकारी बनाउन विभिन्न स्थानमा कार्यालयहरू सञ्चालनमा ल्याइएको हो। ती कार्यालयहरूबाट उम्मेदवार दर्ता, मतदाता सेवा, उजुरी दर्ता, समन्वय तथा अन्य प्रशासनिक कामहरू गरिने जनाइएको छ।
महोत्तरी को निर्वाचन निर्वाचन क्षेत्र नं. १ मा बर्दिवास उद्योग वाणिज्य संघको कार्यालयमा , निर्वाचन क्षेत्र नं. २ को आधारभूत अस्पतालको भवन बलबा नगरपालिका–७ वनौटा , निर्वाचन क्षेत्र नं. ३ को जिल्ला समन्वय समितिको कार्यालय, जलेश्वर र
निर्वाचन क्षेत्र नं. ४ को श्री महेन्द्र माध्यमिक विद्यालय, रामगोपालपुरमा निर्वाचन को कार्यालय स्थापना हुन लागेको हो ।
मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार अब उम्मेदवार दर्ता, नामावली प्रकाशन, दाबी–विरोध तथा आचारसंहिता कार्यान्वयनका प्रक्रिया सुरु गरिनेछ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो।