नवीन चौधरी – महोत्तरी जिल्लाको एक मात्र ऐतिहासिक तथा शैक्षिक धरोहरका रूपमा चिनिँदै आएको रा.वि.म क्याम्पस, जलेश्वरमा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।
धेरै दिन देखी  व्यवस्थापकीय अन्योल र संरचनागत कमजोरीका बीच सञ्चालन हुँदै आएको क्याम्पसलाई अब नयाँ नेतृत्वमार्फत सही दिशातर्फ अघि बढाउने अपेक्षासहित समिति गठन गरिएको हो ।

नवगठित समितिको अध्यक्ष पदमा  श्याम यादव चयन हुनुभएको छ भने उपाध्यक्ष पदमा देवेन्द्र साह चयन हुनुभएको छ ।
त्यसैगरी समितिको सदस्यहरूमा निबेश मण्डल, दिलीप चौधरी, सरोज साह, विजय साह, रंजिता साह तथा राकेश साह चयन हुनुभएको छ ।
लामो समयदेखि उपेक्षित रहँदै आएको रा.वि.म क्याम्पसको शैक्षिक गुणस्तर खस्किँदै गएको, भौतिक पूर्वाधार जीर्ण बन्दै गएको र विद्यार्थी संख्या घट्दो क्रममा रहेको अवस्थामा नयाँ व्यवस्थापन समितिको भूमिका अत्यन्तै चुनौतीपूर्ण रहेको छ ।
अब क्याम्पसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै पारदर्शी व्यवस्थापन, गुणस्तरीय शिक्षा र दिगो शैक्षिक सुधारतर्फ लैजान नसकिए महोत्तरीले आफ्नो एक मात्र उच्च शिक्षाको पहिचान गुमाउने खतरा अझ गहिरिने स्थानीयको चिन्ता छ । नयाँ समितिले ती चुनौतीहरूलाई कसरी सामना गर्छ भन्ने विषयमा सबैको नजर केन्द्रित भएको छ ।