नवीन चौधरी – नेपाली कांग्रेसका नेता बजरंग नेपालीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आफ्नो नाम प्रस्तावित भएपनि पुर्बाग्राही , अप्रजातान्त्रिक निर्णय गरेको भन्दै उक्त निर्णयप्रति नेता नेपालीले असहमति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता नेपालीले उक्त निर्णयलाई पूर्वाग्रहीत, अदूरदर्शी, एकांगी र अपारदर्शी भन्दै आलोचना गरेका छन्।
उनले आफू २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट सिफारिस भई टिकट प्राप्त गरी नामांकनसमेत गरिसकेको व्यक्ति भएको उल्लेख गरेका छन्।


उनले वर्तमान समयमा सहमतिका नाममा भएको यो निर्णय विगतको योगदान र राजनीतिक यात्रालाई बेवास्ता गर्ने खालको भएको बताएका छन्।
यसैबीच, नेपाली कांग्रेस क्षेत्रीय कार्यलय क्षेत्र नं. ३, जलेश्वर महोत्तरीबाट जारी पत्र अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का लागि प्रत्यक्षतर्फ रामचन्द्र तिवारीको एकल नाम सिफारिस गरिएको छ।

उक्त पत्रमा समानुपातिकतर्फ पुरुष र महिलाबाट विभिन्न नेताहरूको नाम सिफारिस गरिएको विवरण पनि उल्लेख छ।
पार्टीभित्र उम्मेदवार छनोटको विषयलाई लिएर असन्तुष्टि सार्वजनिक रूपमा बाहिर आएपछि महोत्तरी कांग्रेसको आन्तरिक राजनीति थप तरंगित बनेको छ।

स्थानीय कार्यकर्ता र नेताहरूबीच यो निर्णयले थप बहस र मतभेद चर्किने संकेत देखिएको छ।