नबिन चौधरी – महोत्तरीमा हातहतियार सहित एक युवक पक्राउ परेका छ्न । जिल्लाको एकडारा गाउँपालिका – ४ हलखोरि चौकमा सशस्त्र प्रहरीले गस्तीका क्रममा अबैध हातहतियार सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढि पटदाैरा  ग्राम पन्चायत सिराहीपटि टोल निवासी २६ वार्षिय सरोज कुमार कुर्मी रहेको सशस्त्र प्रहरी  महोत्तरीका प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीले जानकारी दिनुभयो ।

रात्रि गस्तीका क्रममा कुर्मी सवार रहेको BR 06 AY 6172 नम्बर प्लेटको होण्डा साइन मोटरसाइकल रोकि चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइ राखिएको १ थान होममेड रिभल्भर (कट्टा) र १ राउण्ड गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

हातहतियार सहित पक्राउ परेका कुर्मीमाथी थप अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानले घटना सीमा पारबाट हुने अवैध गतिविधिसँग जोडिएको हुन सक्ने आशङ्का गरिएको छ।