महोतरी– महोत्तरी को खयरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । घारीबथानबाट खैरमारा हुदै काठमाडौ जानलागेको ना६ख १४६४ नम्बरको बस दुर्घटना हुदा पैदल यात्रुको घटना स्थलमा मृत्यु भएको र दुर्घटनामा २० जना भन्दा बढी बसमा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरु मध्ये केहिको अवस्था गम्भिर रहेकोे छ ।
दुर्घटना लगतै स्थानीयले घाइतेहरुलाई उद्धार गरी अस्पताल तर्फ पठाएकोले घइतेहरुको अवस्था र संख्या एकिन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरी बर्दिबासका प्रहरी निरीक्षक लक्ष्मिराज जोशीले बताए । खैयरमारा स्कुल अगाडी पैदल यात्रु चुल्हाइ चौधरीलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर दुर्घटना भएको जोशीले बताए ।
बसकोको ठक्करबाट चौधरीको दुर्घटना स्थलमा नै मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक जोशीले बताए । घाइतेहरुलाई तत्कालै स्थानीयले उद्धार गरी बर्दिबास स्थित शुभस्वस्तीक अस्पताल पु¥याइएको छ । बसमा सवार सबै यात्रु घाइते भएको र विस्तृत जानकारी संकलन भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक बिकाश बमले बताए ।