महोत्तरी, असोज १२ – नेपाली कांग्रेस महोत्तरी क्षेत्र नं. ३ को बैठक क्षेत्रीय सभापति राघवेन्द्र झाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा संगठनात्मक सुदृढीकरण, आन्तरिक एकता र आगामी रणनीतिबारे छलफल गरिएको पार्टीले जनाएको छ ।

बैठकमा युवा नेता डा. सज्जन ठाकुरले कांग्रेसलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औंल्याउँदै “Old Course” बाट “New Course” मा रुपान्तरण गर्नुपर्ने धारणा राखे । उनले नयाँ पुस्ताको भावना र सम्भावनालाई आत्मसात् गर्दै पार्टीलाई आमूल परिवर्तनतर्फ लैजानुपर्नेमा जोड दिए ।

डा. ठाकुरले पार्टीभित्र श्रमिक (labour) को संख्या पर्याप्त भएकाले अब दक्ष कार्यकर्ता (workers) निर्माण र परिचालनमा ध्यान दिनुपर्ने बताए । साथै, उनले नेविसंघ र तरुण दललाई नयाँ दृष्टिकोणसहित अघि बढाउन आवश्यक रहेको औंल्याए ।

बैठकमा राम चन्द्र तिवारी, रविन्द्र ठाकुर, बजरंग नेपालीलगायत नेताहरूको पनि उपस्थिति रहेको थियो ।