जलेश्वर ट्राफिक प्रहरी कार्यालयलाई बजाज सोरुम जलेश्वरको सहयोग


महोत्तरी, जलेश्वर – जलेश्वरस्थित ट्राफिक प्रहरी कार्यालयलाई बजाज सोरुम जलेश्वरका प्रो. तथा समाजिक अगुवा सन्तोष कुमार साहले विभिन्न आवश्यक सामग्रीहरु सहयोग गरेका छन्।
आज आयोजित एक कार्यक्रममा कार्यालयलाई सहयोग स्वरूप सर-सामान हस्तान्तरण गरिएको हो।
कार्यालयलाई प्रदान गरिएको सहयोगमा डस्ना ५ थान, तकिया ४ पिस, तन्ना ५ पिस, कुर्सी ४ पिस, झुल ४ पिस, पंखा ३ पिस, प्लास्टिकको टेबल १ पिस, डिस्पेन्सर १ थानसहित अन्य स्टेशनरी सामग्रीहरु रहेका छन्।
हालै जेन–जेड आन्दोलनका क्रममा अज्ञात समूहले ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि कार्यालयमा रहेका कम्प्युटर, फर्निचर तथा महत्त्वपूर्ण सामग्रीहरु जलेर नष्ट भएका थिए। त्यही क्षतिपूर्ति स्वरूप प्रो. साहले कार्यालयलाई सहयोग हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरण कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय जलेश्वरका कार्यालय प्रमुखले समाजबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै यसले कार्यालयलाई पुनः सञ्चालन गर्न ठूलो मद्दत पुग्ने बताएका छन्।
स्थानीय समाजसेवी र व्यवसायीले यस्ता विपद्को समयमा सरकारी कार्यालयलाई सहयोग गर्नु सकारात्मक उदाहरण भएको भन्दै समाजिक अगुवा सन्तोष कुमार साहको योगदानको प्रशंसा गरेका छन्।
यसअघि भएको आगजनीका कारण कार्यालयमा कामकाज प्रभावित भए पनि हाल प्राप्त सहयोगले सहज वातावरणमा सेवा दिन सहयोग पुग्ने बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

