मधेश प्रदेशमा सरकारी सेवा ठप्प, नागरिक अन्योलमा

महोत्तरी – जेन–जि आन्दोलनपश्चात् मधेश प्रदेशमा प्रदेश सरकारको उपस्थित नै शून्य भएको जनाइएको छ। सार्वजनिक कार्यालयहरूको भौतिक संरचना छतविछत अवस्थामा पुगेका छन् भने कुनै पनि सरकारी निकायबाट सेवा प्रवाह हुन नसक्दा आमनागरिक अन्योल र कष्टमा परेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेपाली काङ्ग्रेस का नेता तथा मधेस प्रदेस सरकार का पुर्व मन्त्री बिरेन्द्र सिंहले प्रदेशमा लामो समयदेखि सरकारी गतिविधि ठप्प हुनु गम्भीर समस्या भएको बताएका छन्। उनले प्रश्न गर्दै भने, “यो अन्योलता कहिले सम्म? जिम्मेवार पदाधिकारी र निकाय कहाँ छन्?”
उनका अनुसार जनताको सहज जीवनयापनका लागि प्रदेशका जिम्मेवार पदाधिकारी तथा सम्बन्धित निकायले तत्काल पहल गरी सेवा प्रवाह सुचारु गर्नु जरुरी छ। सिंहले भने, “यथाशीघ्र अन्योलताको अन्त्य गर्दै आमनागरिकलाई सहज महसुस हुने गरी सम्पूर्ण सरकारी तथा जनसरोकासँग सम्बन्धित कार्यालयहरूबाट सेवा प्रवाह सुचारु गरिनुपर्छ र पुनर्निर्माणको काम अघि बढाउनुपर्छ।”
हाल प्रदेशका अधिकांश कार्यालयहरू सेवा प्रवाह गर्न असमर्थ रहेका कारण सर्वसाधारण दैनिक कार्यमा समस्यामा परिरहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





