जलेश्वर, महोत्तरी 
नेपाली कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीले हालै जेन–जि आन्दोलनको क्रममा भएका घटनाप्रति गहिरो दुःख प्रकट गर्दै विज्ञप्ति जारी गरेको छ।
जिल्ला सभापति नागेश्वर यादव द्वारा हस्ताक्षरित विज्ञप्तिमा भदौ २३ र २४ गतेका प्रदर्शनमा सहादत प्राप्त गरेका युवाहरू र घाइते परिवारजनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।

विज्ञप्तिमा सुरक्षाकर्मीको गोली प्रहारबाट ज्यान गुमाएका युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ। साथै, घटनामा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गरिएको छ।
नेपाली कांग्रेसले आन्दोलनकै क्रममा २४ गते भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा लगायत नेतामाथि भएको आक्रमणको निन्दा गरेको छ। विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक मोडमा पुर्‍याउने कार्य निन्दनीय रहेको भन्दै छानबिन गरि दोसिलाई कार्बाही गर्न मांग गरेको छ ।
सभापति यादवद्वारा जारी विज्ञप्तिमा शान्ति, सुव्यवस्था कायम गरी राष्ट्रिय एकता, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि सबैलाई जिम्मेवार बन्न आह्वान गरिएको छ।