महोत्तरीमा निजामती कर्मचारी युनियनको स्थापना दिवस अवसरमा वृक्षारोपण

महोत्तरी – नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा महोत्तरीमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । जिल्ला कार्यसमिति महोत्तरीको निर्णयअनुसार विभिन्न स्थानीय कार्यसमितिहरूले आफ्ना-आफ्ना क्षेत्रमा विविध कार्यक्रम गर्दै दिवस मनाइरहेका छन्।
यसै क्रममा महोत्तरी गाउँपालिका कार्यसमितिले आज वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा युनियनका पदाधिकारी, स्थानीय कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वृक्षारोपण कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली विस्तार र कर्मचारी समाजले समाजिक उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल निजामती कर्मचारी युनियन महोत्तरीका अध्यक्ष रन्जित पान्डेले जानकारी दिँदै स्थापना दिवस केवल औपचारिकता नभई सामाजिक चेतना फैलाउने अवसर पनि भएको बताउनुभयो। उहाँका अनुसार कर्मचारीहरूको साझा संगठनले देश र समाजप्रति उत्तरदायी भूमिकासहित सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ।
जिल्ला कार्यसमिति महोत्तरीका अनुसार स्थापना दिवस सप्ताहभर विभिन्न सचेतना, सामाजिक तथा सेवा प्रवाहसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन हुनेछन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





