जनकपुरधाम – नेपाल डेन्टल एशोसिएसन (NDA) धनुषा शाखाको अध्यक्षमा डा.राजिब शर्मा विजयी भएका छ्न् ।
नयाँ कार्यसमितिका लागि आइतवार सम्पन्न निर्वाचनमा डा. शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनले ४५ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धी डा. राम सरोज साहलाई पराजित गरेका हुन् ।
त्यसैगरी उपाध्यक्ष डा. राम पदारथ यादव विजयी भएका छन् ।
महासचिव डा. सुमन कर्ण निर्विरोध निर्वाचित भएका छन्।
कोषाध्यक्षमा डा. मिशा महासेठ र सह-सचिव डा. अम्बिका यादव विजयी भएकी छन्।
यसैगरी सदस्यमा डा. मिनु यादव, डा. प्रदिप के. यादव, डा. अञ्जली कुमारी गामी, र डा. निक्की कुमारी यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन अधिकृत डा. अशोक कुमार सिंहका अनुसार कुल ८८ जना सदस्य मध्ये ७१ जनाले मतदान गरेका थिए।