प्रधानमन्त्री ओलीद्वारा विग्ही पुल र प्रसुती गृहको उद्घाटन

महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिका वडा नं.८ मा अवस्थित विग्ही नदिमा निर्माण गरिएको पुलको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ५० मीटर लम्बाई रहेको उक्त पुलको समुद्घाटन गरिएको हो ।
संघीय सरकारका भौतिक पूर्वाधार मन्त्रालयको ७ करोड ५७ लाख ८० हजार २८३ रुपैयाँको बजेट खर्चमा पुल निर्माण गरिएको मटिहानी नगरपालिकाका इन्जिनियर विमलेश साहले जानकारी दिए ।
उनका अनुसार उक्त पुल निर्माणका लागि मन्त्रालयले ९ करोड ५४ लाख ५६ हजार १८ रुपैयाँ विनियोजन गरेकोमा कालिका कन्स्ट्रक्सन प्रा. लि. चितवनले ७ करोड ६७ लाख २६ हजार २०१ रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेका थिए । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी प्रसुती गृहको उद्घाटन गरिएको छ । मटिहानी नगरपालिका वडा नं.६ मा निर्माण गरिएको प्रसुती गृहको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरिएको हो ।
संघीय सरकारको विशेष अनुदान र नगरपालिकाको संयुक्त लगानीमा प्रसुती गृह भवनको निर्माण गरिएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।
उनका अनुसार संघीय सरकार र मटिहानी नगरपालिकाको १ करोड ८८ लाखको लागतमा भवन निर्माण भएको हो ।
मटिहानी नगरपालिका बर्थिङ्ग सेन्टरमा मासिक १५ देखि २० जनाको सुरक्षित प्रसुति गराई रहेको र जटिल किसिमको समस्या आएपछि प्राईभेट नर्सिङ्ग होमतर्फ रिफर गर्नु पर्दा आम जनतामा आर्थिक भार पर्न गएकोले प्रसुति गृहको आवश्यकता महसुस गर्दै अत्याधुनिक सेवासुविधा सहितको प्रसुती गृह निर्माण गरिएको नगरप्रमुख मण्डलले बताए।
भवनमा ओटी १, एनआईसियु १, प्रसुती कक्ष १, प्रतीक्षा कक्ष १, ओपिडी १, फार्मेसी १, नर्सिङ रूम १ वटा लगायतका रहेको नगरपालिकाका इन्जिनियर विमलेश साहले बताए ।
प्रधानमन्त्री ओलीले आजै मटिहानी नगरपालिका वडा नं.८ स्थित विग्ही नदीमा निर्माण भएको पुलको उद्घाटन गरिएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





