नवीन चौधरी , महोत्तरी — नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरद सिंह भण्डारीले नेपालको भूमि कुनै पनि हालतमा भारतविरुद्ध प्रयोग हुन नदिने बताएका छन।
मन्त्री भण्डारीले नेपाल र भारतबीचको सम्बन्ध आजको मात्रै नभई त्रेतायुगदेखि चलिआएको गहिरो ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्ध भएको उल्लेख गर्नुभयो।
महोत्तरी को जलेश्वरमा नेपाल भारत मैत्री संघको आयोजनामा नेपाल भारत सम्बन्ध हिजो आज र भोलि विषयको निबन्ध प्रतियोगिताका बिद्यार्थीहरुलाई पुरुस्कार वितरण कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताउनुभयो ।

मन्त्री भण्डारीले “नेपाल र भारत बीचको सम्बन्ध राम-सीताको सम्बन्धदेखि सुरु भएको र यस्तो ऐतिहासिक सम्बन्धलाई अझै मजबुत बनाउन युवा पुस्ताले भूमिका खेल्नुपर्ने बताउनुभयो ।” उहाँले नेपाल र भारतबीचको खुला सीमाले दुवै देशबीचको आत्मीय सम्बन्धलाई झन प्रगाढ बनाएको समेत उल्लेख गर्नुभयो।

नेपाल भारत मैत्री संघका प्रदेस अध्यक्ष लभ राजा सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा “नेपाल-भारत सम्बन्ध : हिजो, आज र भोलि” विषयक निबन्ध प्रतियोगिता धनुषा र महोत्तरी जिल्लाका विद्यालयका विद्यार्थीहरूबीच आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने ४२ जना विद्यार्थीहरूलाई साइकल र प्रमाणपत्र प्रदान गरिएको हो ।