एकडारा गाउँपालिकामा निर्माण व्यवसायीको तालाबन्दी : ‘कमिसन नदिएकै कारण भुक्तानी रोकियो’

नवीन चौधरी — महोत्तरीको एकडारा गाउँपालिकामा निर्माण व्यवसायीहरूले तालाबन्दी गरेका छन्। निर्माण सम्पन्न भएर पनि पालिकाले भुक्तानी रोकेको भन्दै अनु कन्स्ट्रक्सनका सञ्चालक भवेस मिश्र सहितका स्थानीय व्यवसायीहरूले आज पालिका कार्यालयमा तालाबन्दी गरेका हुन्।
निर्माण व्यवसायी मिश्रका अनुसार गाउँपालिकाको वडा नं. ५ मा पर्खाल निर्माणको काम असार १५ गतेअघि नै सम्पन्न गरेर भुक्तानीका लागि सम्बन्धित कागजातसहितको फाइल कार्यालयमा बुझाइएको थियो। तर, पालिकाका कर्मचारीहरूले “कमिसन माग गरेको” र आफूहरूसँग तत्काल रकम नहुँदा भुक्तानी प्रक्रिया रोकिएको व्यवसायी मिश्रले आरोप लगाएका छ्न ।”काम सकाएर फाइल पेश गर्दा कर्मचारीले भने– काम अनुसारको पैसा खै , भुक्तानी भएपछि हुदैन अहिले नै दिनुपर्छ मैले अहिले म सँग पैसा छैन, पछि मिलाउँला भनेपछि भुक्तानी रोकिएको हो।”
तालाबन्दी गर्न पुगेका व्यवसायीहरूको अनुसार पालिकाका इन्जिनियर रोहित झा, लेखा शाखा प्रमुख निरज चौधरी, र प्रमुख प्रशासनिक अधिकृत रामजी जोशीको मिलोमतोमा भुक्तानी प्रक्रिया पारदर्शी ढंगबाट अघि बढाइएको छैन। उनीहरूका अनुसार करिब १० दिनदेखि पालिकाका कर्मचारीहरू नियमित रूपमा कार्यालय नआएको र ‘कमिसन दिने’ व्यवसायी र संस्थाहरुको चेक जनकपुरबाट वितरण भइरहेको छ।
“एकातर्फ हामी पालिकामा बसेर फाइल लिएर धाइरहेका थियौं , अर्कोतर्फ कमिसन दिनेहरूलाइ जनकपुरबाट चुपचाप चेक दिइएको छ । यसरी खुल्मखुला कमिसन लिएको छ यश प्रणालिको विरोध गर्न हामी बाध्य भएका छौ ।”
यसअघि पनि एकडारामा निर्माण तथा बजेट कार्यान्वयन प्रक्रियामा पारदर्शिताको अभाव रहेको भन्दै स्थानीय नागरिक समाजले आपत्ति जनाउँदै आएको थियो।
कमिसन लेनदेन र कार्यालयमा नआइ जनकपुर बाट नै भुक्तानी भएको कार्यमा संलग्न भनिएका इन्जिनियर रोहित झा, लेखा शाखा प्रमुख निरज चौधरी, र प्रमुख प्रशासनिक अधिकृत रामजी जोशीसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क गर्न सकिएन। यता पालिकाका लेखाप्रमुख निरज चौधरीले पालिकामा नभइ २३,२४ र २५ गते पालिका बाहिर काम भएको स्वीकार गरेका छ्न ।
यता स्थानीय बासिन्दाले पालिकाभित्र निर्माण कार्य, बजेट विनियोजन र भुक्तानी प्रक्रियामा बढ्दो अपारदर्शिता र सञ्जालगत अनियमितताबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले पालिकाले यसरी खुल्मखुला गरिरहेको लुटको छानबिन गरि दोसिलाई कार्बाहीको मांग गरेका छ्न ।
तालाबन्दी जारी रहेकाले हाल पालिका कार्यालयको सबै सेवा प्रवाह प्रभावित भएको छ। व्यवसायीहरूले माग पुरा नभएसम्म तालाबन्दी कायमै राख्ने चेतावनीसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





