महोत्तरीको पूर्वाधार कार्यालयमा मध्यरातको मद्यपान , कमिसनको खेल, प्रशासनको मौनता

नवीन चौधरी – रातको करिब १ बजे सरकारी कार्यालयभित्र बिचौलिया र ठेकदारलाई बोलाएर गरिएको ‘बियर पार्टी’को भिडियो सार्वजनिक भएपछि पूर्वाधार कार्यालय महोत्तरी गम्भीर विवादमा तानिएको छ। कार्यालयको चार दिवार भित्र देखिएको यो दृश्यले राज्य संयन्त्रभित्र गढेको लापरवाही, भ्रस्टाचार र मिलेमतोको संरचना एकपटक फेरि सतहमा ल्याएको छ।
उक्त भिडियोमा पूर्वाधार कार्यालयका महोत्तरी को कार्यालय प्रमुख राजेस लाल कर्णको कार्यकक्षमा करिब आधा दर्जन भन्दा बढी बियर को बोतल भेटेको छ । स्रोतका अनुसार सो पार्टी कुनै सामन्य जमघट मात्र नभई, ठेक्काको भुक्तानी र ‘कमिसन’को लेनदेन सुनिश्चित गर्न आयोजित मिलन समारोह थियो।
पत्रकारमाथि दमन : प्रहरीको साथमा जाँदा पनि दुव्र्यवहार
यसबारे सत्यतथ्य बुझ्न कार्यालय पुग्दा पत्रकारमाथि गरिएको व्यवहारले अवस्था झनै भयावह बनाएको छ। प्रहरीलाई अग्रीम जानकारी गराई, साथमै लिएर कार्यालय पुगेका पत्रकारलाई कार्यालयभित्रै दुव्र्यवहार र मानसिक त्रास दिइएको थियो। यो केवल पत्रकारमाथिको अपमान मात्र होइन, अभिव्यक्ति स्वतन्त्रता र सूचना पाउने अधिकारमाथिको खुला प्रहार हो।
प्रशासन मौन, प्रश्न गम्भीर
उक्त पार्टी, त्यहाँको लेनदेन र पत्रकारमाथि गरिएको व्यवहारबारे जिल्ला प्रशासन कार्यालय महोत्तरीले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मध्ये कसैले पनि जिम्मेवारीपूर्ण धारणा सार्वजनिक नगर्नु प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउँछ।
स्थानीयवासीहरू, नागरिक समाज र पत्रकार महासंघले प्रशासनको मौनतालाई ‘मौन समर्थन’ भन्दै कडा आलोचना गरेका छन्।
यसबारे एक स्थानीय नागरिकले भने, “हिजो कार्यालयमा काम गर्न गएका ठेकदारलाई पैसा बाँड्ने गरी रक्सी पार्टी गर्ने र पत्रकारलाई दुव्र्यवहार गर्ने? राज्यले यस्ता बेथितिलाई संरक्षण गरेर कुन नयां नेपाल बनाउने?”
छानबिन र कारबाहीको माग
अब प्रश्न उठेको छ—के राज्य संयन्त्रभित्र यस्तो प्रकारको दण्डहीनता संस्थागत भइसकेको हो? यदि हो भने, यसको अन्त्य कहिले र कसरी हुन्छ?
महोत्तरीका स्थानीयहरुले कार्यालय भित्र पत्रकारलाई दुव्र्यवहार गर्नेहरुलाई यथाशिघ्र पक्राउ , सम्बन्धित मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मानव अधिकार आयोगले यो घटनालाई गम्भीरतापूर्वक लिंदै तत्काल छानबिन प्रक्रिया सुरु गर्न मांग गरेका छ्न। दोषीमाथि कडा कारबाहीको माग अहिले चौतर्फी उठेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





